हार्दिक श्रद्धाञ्जली – सीता ओझा

आइतवार, फाल्गुन १९, २०७५



विचारको यज्ञमा थियौ अनि कन्चन मन र भावना पनि
सम्वृद्दिको सपना, कल्पना तुनी बेनेका थियौ योजना पनि

लगाव थियो विकासको, काममा समर्पण र तदारुकता पनि
थिएन दिनमा भोक, रातको निद्रा र खाने रमाउने समय पनि

ऐँठन भयो मलाई सकिन सहन अनि सारा नेपाली जनले पनि
भलो, कुशल रहेनन् भन्छन पो त सारा दुनियाँ जनले पनि

खै के चडाउ र तिम्रो लगाब र राष्ट भक्तिको भावना समेट्न,
यीनै शव्दमा अडिएँ तिमीलाई सलाम र श्रद्धाञ्जली टक्र्याउन

सुनेकी थिँए गीतमा मृत्यु पनि मानिस पिच्छे फरक हुंदो रहेछ
देखें र भोगेँ पनि अहिले देशभक्ती छोरो मर्दा देशै रूदो रहेछ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata