दशैंको शुभकामना

बिहिबार, अशोज १६, २०७६

- सीता ओझा



शुभकामना !

२०७६ को विजया दशमी
हरेक नेपालीको घर,परिवार
साथै प्रत्येकको मन,मस्तिष्कमा
खुसी लिएर भित्रियोस्
शुभकामना !
राजनीति सङ्लिएर
अर्घेल्याइ,ढिलासुस्ती हटोस्
सर्वसाधारणको जनजिवन
सुख र समृद्धितिर उन्मुख बनोस्
नेताहरूमा भएको मपाईत्व हटेर
घात र अन्तर्घातको राजनीतिक शृङ्खला
सदा सदाकालागि टुटोस्
शुभकामना !
यस पटकको देशैबाटै
लुट, भ्रष्टाचार र हडपाइ हटोस्
पछौटे चिन्तनको शब्द बडाई घटोस्
निहत्था र कमजोर नागरिकको बोली
सजिलोसित विकास
शुभकामना !

हत्या, हिंसा र बलात्कारको
आतङ्कबाट छुटकारा मिलोस्
घरघरमा मेलमिलाप र सदाचार बढोस्
हरेकको मन मस्तिष्कले
शान्ति र समृद्धि महसुस गर्न सकोस्
शुभकामना !
बोलीचालीको शब्दमाला
शिष्ट र सभ्य बनोस्
अवसरवाद होइन सामाजिक सद्भाव
एकअर्काबीचमा मान र सम्मानको
संस्कृतिले स्थान पाओस्
शुभकामना !

आपसी मेलमिलाप,आत्मीयता
भाइचारा र भावनात्मक एकता बढोस्
दिएर खान, छेउमा आड लाग्न ठाउँ भेटियोस्
सबैको ऐश्वर्य र सुख शान्तिले
दैनिकी बितेको पाइयोस्
सामाजिक मर्यादा आर्थिक
लोपोन्मुख प्रवृत्तिमा सुधार भई
सबै नेपालीहरूमा
सामूहिक जिम्मेवारी र दायित्वको
विकास गर्ने मन फर्कियोस्
यस्तो मौका जुटाइदिने
बडा दसैँ तिमीलाई पनि
सधैँ आइरहने विशेष
शुभकामना है !

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata