जर्मनीको हनाउ शहरमा अन्धाधुन्ध फाइरिङ आठकाे मृत्यु

बिहिबार, फाल्गुन ८, २०७६



एजेन्सी । जर्मनीको हनाउ शहरमा गत बुधबार राती दुई सिसा घरमा अन्धाधुन्ध फाइरिङ गरिएको छ । फ्रान्कफर्टबाट बीस किलोमिटर नजिकै रहेको हनाउ शहरमा रातकाे करिव १० बजे भएको उक्त फाइरिङमा ८ जनाको मृत्यु भएको छ भने पाँच घाइते भएको प्रहरीले जनाएको छ ।

घटना हुनासाथ स्थानीय प्रहरीले घटनास्थललाई आफ्नो नियन्त्रणमा लिएको थियो ।  जर्मन प्रहरीले जारी गरेको एक संक्षिप्त बयानमा पीडितको बारेमा कुनै जानकारी दिएको छैन । प्रत्यक्षदर्शीको हवाला दिदैं प्रहरीले जनाए अनुसार,हमलावरले एक कारको प्रयोग गर्दै शहरको दुई स्थानमा उक्त घटना घटाएको बताइएको छ ।  घटना पश्चात प्रहरीले हमलावरलाई उसैको घरमा मृत अवस्थामा फेला पारेको जनाइएको छ । साथै प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments