कविता-हामी मन्त्री भएपछि

शनिबार, कार्तिक १७, २०७५

-  राकेश कार्की- लस एन्जेलस



हामी मन्त्री भएपछि
लुइँ लुइँ विदेश गएपछि
सेल्फी हालेपछि
देख्ने नै भए
मनपरी गालीगरि
लेख्ने नै भए
प्रधानमन्त्रीसंग सरर
बिजुली बसैमा

 

अस्ति त हो नि हामी मन्त्री भएपछि
हाम्रो दशैँमा
धन्न हामीले टीका लगाउदा
कुर्सी भेट्यौँ
नभए भन्थे हामीलाई
घुडा टेकी लेट्यौँ
कसैलाई भूतकालको
मिटूको पिरलो
मंत्रालयको खाने पिउनेलाई
मुटुको पिरलो
तर केही छैन केही भए
हाम्रो ढुक्कले विदेशमा उपचार
हाम्रा जनता बिरामी भए
गाउँकै क्लिनिकमा चिरफार
हाम्रो घर अगाडि
मंहगा मंहगा कार

जनताको चुलाचुलामा
बिजुलीको तार
हामीले गरेको विकास
देख्लाउ यही जूनिमा
नभए श्रीपेच र राजदण्ड झैँ
राख्ने भए हामीलाई प्रदर्शनीमा
हामी मंत्री भएपछि
विलासिताका वस्तु पाएपछि
पहिलेको झुपडि, अहिलेको महल
देख्ने नै भए
समाजिक संजालमा गाली गरि
लेख्ने नै भए ।

137 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank