हाम्रो विकास बैंक पनि कनेक्ट आइपीएसमा आवद्ध

बिहिबार, साउन २४, २०७५



काठमाडौं । बैंक वित्तीय संस्थाहरुलाई connectIPS e-payment प्रणालीमा आवद्ध गराउँदै लग्ने क्रममा नेपालक्लियरिङ्ग हाउस लिमिटेडले विहिबारबाट कारोबार शुरु गर्ने गरि हाम्रो विकास बैंकलाई उक्त प्रणालीमा आवद्ध गराएको छ ।

नेपालक्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.comमा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्ने व्यवस्था रहेका छन् ।
यस्ता सबै कारोबारहरु अनलाईन मार्फत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज हने बैंकले जनाएको छ । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छर छिटै अन्य सेवाहरु समेत थपगर्न सकिने गरि कामभैरहेको जानकारी कम्पनीले गराएको छ ।

अयललभअतक्ष्एक् connectIPS e-payment प्रणालीमा हाल सम्म ३२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेकोमा हाल सम्म २० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेका छन् ।

71 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank