राज्यले गर्न नसकेकाे हलिया मुक्त हाते ट्याक्टरले गर्याे
मङ्लबार, मंसिर ३, २०७६
- दिपक राज जोशी

बझाङ । “४० वर्षदेखि हलो र बल्ल (गाेरु) जोतेँ । बुढेसकाल लाग्यो। दम र उच्च रक्तचापको विरामी छु । अझै हलो जाेत्दै दैनिकी गुजारिरहनु परेकाे छ ।” गडा (खेत) को आलीबाट नै सुनाए जयपृथ्वी नगरपालिका- ७ सुबेडाका ६० वर्षीय धुब्रु चदाराले ।
चाउरी परेको अनुहार । छिपिदै गएकाे उमेरमा हाते ट्याक्टर पाएपछि मख्खै पर्दै हजुरलाई धेरै धन्यबाद भन्दै खुसी अनुभुती गरिरहेका थिए उनी । चार जना मिलेर हाते ट्याक्टर ( मिनि टिलर) ल्याएर खेत जोत्ने ती युवाहरु प्रति खुसी साट्दै चदारा भन्छन् , आफुलाई कसैले पनि हलिया मुक्तको रकम नदिएको प्रति गुनासाे गर्छन ।
राज्यले हलिया मुक्तिका नाममा लाखाै बजेट खर्च गरेकाे भए पनि वास्तविक हलियाले कुनै राहत नपाएकाे गुनासाे गर्नेमा उनी समेत थपिएका छन । हलिया मुक्तिको निम्ति राज्यले गरेको खर्च नक्कली हलियाहरुले खाइदिए । तर हाम्राे हलाे,जुवा काँधमाथि नै छ । तर पछिल्लाे समय “दिगो केबि ग्रुप ” नाम दिएर चार जना युवाहरुले निर्माण गरेकाे समूहले गाउँमा भित्राएकाे हाते ट्याक्टरले परम्परागत हलोलाई विस्थापित गरिदिएका छन ।
कृषिका आधुनिक उपकरण खरिद गरि कृषकलाई सहुलियत दिने र आफु पनि स्वरोजगार हुने लक्ष्य रहेको दिगो केबि ग्रुपका एक जना सदस्य गोरखराज जोशीले बताए । जोशी तीन वर्ष वैदेशिक रोजगारकाे सिलसिलामा मलेसिया बसेर फर्केका हुन् । गत कार्तिक १५ देखि मङसिर १५ सम्म यहाँको गहुँ र जौ छर्ने समयमा गाेरुले खेत जोत्न दुख हुन्थ्यो । तर हाते ट्याक्टर ल्याएर सहज भएको छ जाेशी भन्छन् । राष्ट्रिय कृषक समुह महासघ बझाङका अध्यक्ष राम प्रशाद जोशीले खेत खन्ने मेशिन , धान ,गहु, घास काट्ने उपकरण थ्रेसर जस्ता सबै यन्त्रले कृषकहरुमा राहत महशुस भएकाे बताए । उनले कृषी उपकरण भित्राएर अाधुनिकरण गरेकाे भन्दै ती यूवाकाे गुणगान गाउँदै धन्यवाद समेत व्यक्त गरे ।
जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र बहादुर सिहंले आफ्नो वडाका कृषकलाई १३ वटा हाते ट्याक्टर खरिद गरि दिन लागेको जानकारी दिदै कृषकहरुकाे हक र हितमा लागिपरेकाे जनाए । बजार दररेट भन्दा महंगोमा स्थानिय तहले खरिद गरि हाते ट्याक्टर वितरण गरिरहेका किसानहरुको आरोप रहेको छ । स्थानिय तहका अनुदानको भन्दा कृषक आफैले खरिद गरेमा सस्तोमा उपलब्ध हुने राजनीतिकर्मी रमेश महरले बताए । काठको हलो र दुईवटा बल्लले परम्पराशैलिबाट खेत जाेत्दै आईरहेको विगतको कठिन परम्परालाई कृषिका आधुनिक यन्त्रले कृषकको पेशामा सहज बनाएपछि कृषकहरु खुसी देखिन्छन ।
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments