वातावरणमन्त्री बस्नेत स्पेन प्रस्थान, म्याड्रिडमा शुरु ‘कोप-२५’ लाई सम्बोधन गर्ने

सोमवार, मंसिर २३, २०७६



काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत स्पेन प्रस्थान गरेका छन् ।  जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २५) मा सहभागी हुन उनी गएराति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेका हुन्  ।

स्पेनको म्याड्रिडमा शुरु कोप-२५ को विशेष सभालाई मन्त्री बस्नेतले बुधबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

म्याड्रिड उड्नुअघि मन्त्री बस्नेतले नेपालले यसपटक हिमालयहरुमा हिउँ पग्नले क्रम तीव्र रुपमा बढेकाले विश्वतापमानमा प्रत्यक्ष नकारात्मक प्रभाव पारेकोतर्फ सभाको ध्यानाकर्षण गराउँदै त्यसबाट उत्पन्न विशम परिस्तिथिको सामना गर्ने सम्बन्धमा योजना तय गर्ने प्रस्ताव राख्ने बताए ।

पछिल्लो समय वायुमण्डलमा कार्बनडाइअक्साइड र अन्य हरितगृह ग्यासको मात्राले कीर्तिमान कायम गरेको छ । विश्व जलवायु संगठनका अनुसार गत दशकको औसत वृद्धिभन्दा यस दशकमा हरितगृहको मात्रा बढी वृद्धि देखिएको हो । सन् २०१८ मा पृथ्वीको वायुमण्डलमा कार्बन डाइअक्साइड तथा अन्य हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै बढी देखिएको हो । सन् १९९० यता लामो समयदेखि वायुमण्डलमा रहेका हरित गृह ग्यासका कारण उत्पन्न तापमान वृद्धिको असर करिब ४३ प्रतिशतले बढिरहेको छ

यो पनि पढ्नुहोस्,

वायुमण्डलमा हरित गृह ग्यासको परिमाण अहिलेसम्मकै उच्च

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments