अभद्र व्यवहार कसुरमा ज्ञानेन्द्र शाही प्रहरी हिरासतमा

सोमवार, भदौ ३०, २०७६



काठमाडौं । आइतबार पत्रकार सम्मेलनबाटै पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धान शुरु गरेको छ।उनलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान शुरु गरेको हो।

शाहीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईमाथि विमानमै दुर्व्यवहार गरेको भन्दै अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न हिरासतमा राखिएको ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए।

शनिबार नेपालगञ्जबाट काठमाडौं आउन लागेको बुद्ध एअरको विमान मन्त्री कारण एक घण्टा ढिलो गरी उडेको भन्दै यात्रुहरु आक्रोशित भएका थिए। उनीहरुले विमानभित्रै मन्त्री भट्टराईमाथि आक्रोश पोखेका थिए।

मन्त्रीमाथि विमानभित्र शाहीसहितको टोलीले अभद्र व्यवहार गरेको आरोप लगाइएको छ।

घटनाबारे जानकारी गराउन भन्दै आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्ने क्रममा प्रहरीले शाहीलाई नियन्त्रणमा लिएको थियो। उनलाई प्रहरीले पक्राउ पूर्जी थमाउँदै हिरासतमा राखेर अनुसन्धान सुरु गरेको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata