पूर्वराजा ज्ञानेन्द्र शाह फेरि बोले

बिहिबार, पुस २६, २०७५



काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह फेरि बोलेका छन् । उनले देशभन्दा ठुलो कुनै वाद वा विचार हुन नसक्ने बताएका छन् । शाहले आज विज्ञप्ती जारी गरि एउटा स्वतन्त्र राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण क्षण, राष्ट्र निर्माणकै दिन हुने बताए ।

उनले पृथ्वीजयन्तीका अबसरमा निकालेको विज्ञप्तीमा राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपूतहरुको उत्सर्ग विर्संदा देश आज सकसपूर्ण र कपटपूर्ण अवस्थामा गुज्रेको दाबी समेत गरेका छन् । उनले भनेका छन् ‘राष्ट्र निर्माणमा बलिदान गर्ने तमाम वीर वीरङ्गना एवम् सपुतहरुको उत्सर्ग हामी कहिल्यै भुल्न सक्दैनौं र हुँदैन । भुलेर, अलमलिएर र आफ्नै अस्तित्व बोधबाट विस्मरण गर्दा देश यतिबेला जुन सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रँदैछ।’

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank