जनमतको खिल्ली उडाने राजनीतिक दलबाट आशा गर्ने आधार रहेन: पूर्वराजा शाह

शुक्रबार, बैशाख १२, २०७७



काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक दलबाट जनताले अपेक्षा गर्नु बेकार रहेको बताएका छन ।  शुक्रबार पूर्वराजा शाहले ट्विट मार्फत सत्ताधारी पार्टी नेकपाको आलोचना गरेका हुन ।

उनले ट्विट मार्फत भनेका छन,संकटको यस घडीमा पनि  जनसेवाको पूर्ण बेवास्ता गरिरहेकाे आराेप लगाएका छन ।   सरकार प्राप्त जनमतको खिल्ली उडाउँदै सत्ताधारी राजनैतिक दल आपसी मनमुटाब र फेरी पनि राज्य सत्ताको आडमा फोहोरी खेल खेल्न उद्यत भएको देख्दा आम नेपालीको मन कति रोएको होला भन्दै सत्ताधारी दललाई  प्रश्न गरेका छन । साथै यस्ता दलबाट देशको भविष्य निर्माणको आशा गर्ने आधार अब केही नरहेकाे दाबी गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments