गुठी विधेयक सच्याउन नेकपा नेताहरुको दबाब

सोमवार, असार २, २०७६



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकलाई सरकारले संसदमा पेश गर्दा संशोधन गर्नुपर्ने बताएका छन् ।

नेकपाका सचिवालय सदस्य तथा स्थायी कमिटी सदस्यहरुले सरोकारवालाहरुसँगको पर्याप्त छलफल गरेर मात्रै विधेयक ल्याउन सरकारलाई दबाब दिएका हुन् ।

नेकपाका बरिष्ठ नेता झलनाथ खनाल, स्थायी कमिटी सदस्यद्वय योगेश भट्टराई र मणि थापाले गुठी विधेयक स्थगन गरी सरोकारवालासँग छलफल गर्न सुझाव दिएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata