गुठी विधेयक फिर्ता गर्न राष्ट्रियसभा सचिवालयमा पत्र दर्ता

आइतवार, असार ८, २०७६



काठमाडौं । विवादित गुठी विधेयक फिर्ता गर्नका लागि राष्ट्रियसभा सचिवालयमा औपचारिक पत्र दर्ता भएको छ ।

चौतर्फी विरोधका बाबजुद केहि समय अघि पत्रकार सम्मेलन मार्फत विधेयक फिर्ता लिने घोषणा गरेकी भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिन आइतबार सचिवालयमा पत्र दर्ता गराएकी हुन् ।सदन र सडकमा चर्काे विरोध भइरहेको गुठी विधेयक खारेजीको माग गर्दै राजधानीवासीले  माइतीघर मण्डललामा विशाल विरोध प्रदर्शन गरेका थिए ।

राष्ट्रियसभामा विचाराधीन विधेयक फिर्ता लिन सरकारले औपचारिक निर्णय गरेर प्रस्ताव पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । प्रस्ताव सदनले स्वीकृति गरेपछि मात्रै औपचारिक रुपमा विधेयक फिर्ता हुनेछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata