गुठी विधेयकले प्रधानमन्त्री चिन्तित,उपत्यकाका सांसदलाई बालुवाटार बोलाए

सोमवार, असार २, २०७६

- भूपेन्द्र शाह



काठमाडौं । संसदमा विचाराधीन रहेको गुठी विधेयकको विषयमा सडकदेखी सदनसम्म चर्काे विरोध हुन थालेपछि प्रधानमन्त्री ओली रक्षात्मक रुपमा अघि बढेका छन ।

प्रधानमन्त्री केपी शर्मा ओली नौं दिने यूरोप भ्रमणमा रहेकै बेला संसद देखी सडकसम्म गुठी विधेयक जनविरोधी र सम्पदा विरोधी भएको भन्दै सरकार विरुद्ध आन्दोलन शुरु भएकाे थियाे । संसदमा प्रतिपक्षले मात्र नभएर सत्तापक्षका सांसद समेत त्यसको विरोधमा उत्रे । प्रयाप्त रुपमा छलफल नै नगरि उपत्यकावासीको सांस्कृतिक पहिचान मेट्ने ढंगले आएको विधेयकले उपत्याकावासीलाई आन्दोलन गर्न बाध्य बनाएको महशुस हुन पुग्यो । आफ्ना भावना र  हित विपरित गुठी विधेयक ल्याएको भन्दै उपत्याकावासीहरुले सडक मा प्रदर्शन, राँके जुलुस सहित अघि बढिरहेकाे कारण प्रधानमन्त्री ओली रक्षात्मक बन्दै गरेकाे संकेत मिल्दैछ ।

दैनिक जसो समाचार माध्यमले  उक्त विधेयकलाई उचित स्थान दिदैं समाचार प्रकाशित एव सम्प्रेषण गरिरहेका छन । सो विषयमा प्रधानमन्त्री ओली यूरोपबाट नेपाल फर्किएसँगै छलफललाई तिब्रता दिएका छन ।

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भूलवश विधेयककमा केही त्रुटी भए सच्याउन तयार रहेको प्रधामन्त्रीले जनाएका थिए । नेपाली कांग्रेस सहितका प्रतिपक्षदलले गुठी विधेयक फिर्ता नलिए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी समेत दिइरहेका छन ।

विधेयकका विषयमा निकै आलोचना भएपछि प्रधानमन्त्री ओलीले उपत्यकाका सांसदहरुसँग छुट्टै छलफल र परामर्श गर्न बालुवाटर बोलाएको प्रधानमन्त्रीका प्रेसविज्ञ कुन्दन अर्यालले जानकारी दिएका छन । अर्यालकाे भनाई अनुसार, आज  ३ बजे बालुवाटारमा बैठक बाेलाइएकाे छ । प्रत्यक्ष रुपमा आफै संलग्न भएर यो विवादलाई प्रधानमन्त्रीले टुंग्याउन खोज्‍नु भएको छ।

प्रधानमन्त्री ओलीले  ‘भूलवश गल्ती भए गुठी विधेयक सच्याउँछौं, आन्दोलन गर्ने चान्स दिदैनौं ’भन्दै गरेकाे संकेत स्वरुप आज बोलाइएको बैठकमा गुठी विधेयक भित्र रहेका कमीकमजोरी कसरी सुधार गर्ने भन्ने विषयमा सांसदहरुसँग छलफल हुन सक्ने स्रोतले जनाएको छ ।

सरकार, जनता दुखी हैन खुसी भएको हेर्न चाहेको समयमा गुठी विधेयककाे कारण सिर्जित समस्याकाे समाधान उचित ढंगले गर्न हतारिएको हुन सक्ने अनुमान गर्न सकिन्छ ।  पछिल्लाे समय सरकारलाई सडक र सदनबाट घेर्ने असफल कोशिस गरिएको तर्फ प्रधानमन्त्री ओली सचेत बन्दै गएको उनको बडि ल्याङ्ग्वेजले देखाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata