गुठी विधेयक खारेजीको माग गर्दै माइतीघर मण्डलामा विशाल प्रदर्शन

बुधबार, असार ४, २०७६

- भूपेन्द्र शाह



काठमाडौं ।  गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौैंको माइतीघर मण्डलामा विशाल प्रदर्शन भइरहेको छ । राजधानीको विभिन्न क्षेत्रबाट गुठी विधेयक खारेजीको माग गर्दै हजारौंको संख्यामा प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन ।

सरकारले राष्ट्रिय सभामा छलफलमा ल्याएको गुठी विधेयक फिर्ता मात्रै नभई खारेजीकाे माग गरेका छन । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा समेत माग गरेका छन ।  गुठी विधेयक विरुद्ध चौतर्फी विराेध भएपछि गत मंगलबार भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय भएको जनाएकी थिइन ।

aryal

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने गुठी विधेयक संसद्‌ बाहिरबाट फिर्ता लिनु असंसदीय रहेको टिप्पणी गरेको छ । प्रतिनिधि सभाको आज (बुधबार)को बैठकलाई सम्बोधन गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता शेर बहादुर देउवाले संसदमा दर्ता भएको विधेयक संसद्बाटै फिर्ता लिनुपर्ने संसदीय मान्यता रहेको टिप्पणी गरे । उनले भने, संसद्‌मा प्रस्तावित विधेयक बाहिरबाट फिर्ता लिने हो ? संसदमा रहेको विधेयक सम्बन्धित मन्त्रीले यहीँबाट फिर्ता लिने संसदीय व्यवस्था छ।

विगतका ‘मूर्तिचोरहरु’ समेत अहिले संस्कृति बचाउनुपर्छ भन्दै गुठी विधेयकको विरोधमा उत्रिएको  अभिव्यक्ति र गुठी विधेयकको विरुद्धमा स्वत स्फुर्त आन्दोलनमा सहभागी सर्वसाधरण मानिसलाई स्याउलामा लुकेको हरियो सर्पसँग तुलना गरेको अमर्यादीत भाषाले रुष्ट भएका मानिसहरु आज  प्रधानमन्त्री विरुद्ध आक्रमक ढंगले प्रदर्शनमा उत्रेका हुन् ।

guthi1

गुठी विधेयक खारेजीको माग गर्दै स्वतस्फुर्त सहभागी हजारौं प्रदर्शनकारीहरु बानेश्वर, पुलचोक,त्रिपुरेश्वर लगायतका ठाउँबाट माइतीघर मण्डलामा आउने क्रम जारी रहेको छ । प्रदर्शनलाई मध्यनजर गर्दै माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरु तैनाथ गरिएका छन । सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै  सुरक्षाकर्मीले यातायातका साधन अन्य रुटमा पठाइएको छ । प्रदर्शनकारीको उग्र नाराबाजीलाई मध्यनजर गर्दै स्थितीलाई काबुमा लिन पानीको फोहोरा सहितका गाडी, एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata