स्टार्सबर्ग गोलीबारीमा तीनको मृत्यु

बुधबार, मंसिर २६, २०७५



फ्रान्स । फ्रान्सको स्टार्सबर्ग शहरमा बुधबार बिहान एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा तीन मानिसको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।

फ्रान्स सरकारको आन्तरिक मन्त्री क्रिस्टोफ कास्टानेरले घटनालाई पुष्टि गरेका छन् । स्टार्सबर्गको क्रिसमस बजारमा भएको आक्रमण पछि सुरक्षा व्यबस्था अत्यन्त कडा गरेको आन्तरिक मन्त्रालयले जनाएको छ ।

घटना पछि आतंकवाद विरोधी अभियोजक जाँच निर्माण गर्दै ३५० सुरक्षा एजेन्ट र हेलिकप्टर बन्दुकधारीको खोजीमा निस्केको छ । फ्रान्स प्रहरीले बन्दुकधारीकाे पहिचान गरिसकेको जनाएको छ । २९ बर्षीय बन्दुकधारीकाे असली उद्धेश्य के थियो भन्ने पत्ता लाग्न सकेको छैन ।

छिमेकी देश जर्मनीसँग सिमा जोडिएका शहर स्टार्सबर्गको उक्त घटना पछि दुबै देशमा आतंककारीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata