टेक्सासमा गोलीबारी, पाँचको मृत्यु

आइतवार, भदौ १५, २०७६



एजेन्सी । अमेरिकाको टेक्सासमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा पाँच मानिसले जीवन गुमाएका छन ।

ओडेसाको नजिक रहेको मिडल्याण्ड इलाकामा भएको गोलीवारीमा २१ जना मानिस घाइते भएका छन । गोलीवारीमा संग्लग्न एक तीस वर्षीय व्यक्तिलाई प्रहरीले पक्राउ गर्न लखेट्दै जाँदा थिएटरमा उसको मृत्यु हुन पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले उक्त हमलाकारीलाई पक्रन ठूलो कोशिस गर्दा प्रहरी माथि आक्रमण गर्दै गोली चलाएको जवाफमा गरिएको कार्वाहीमा हमलाकारीको मृत्यु भएको प्रहरीको दाबी छ ।

मिडल्याण्ड प्रहरी विभागले फेसबुक पोष्टमा यस समय अन्य कुनै हमलाकारी नरहेको जनाएको छ । घटना घटाउने व्यक्तिको बारेमा वृहत  अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ । स्मरण रहोस यस अघि टेक्सासमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा बीस मानिसको मृत्यु भएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata