प्रहरीको गोली लागि सर्लाहीमा विप्लवका जिल्ला इन्चार्ज मारिए

बिहिबार, असार ५, २०७६



काठमाडौं । नेत्र विक्रम चन्द्र (विप्लव) समूह र प्रहरीको दोहोरो भिडन्त भएको छ । प्रहरी र विप्लव समूहको दोहोरो भिडन्तमाा परि विप्लव समूहका जिल्ला इन्चार्जको मृत्यु भएको छ ।

प्रहरीको गोली प्रहारबाट विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए । पौडेलको साथबाट पेस्तोल र गोली बरामद गरेका जनाएको छ ।

अहिले प्रहरी घटना स्थलमा गइरहेकाले थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata