पोखराको उत्तमचोकमा गोली चल्यो, एक घाइते

बुधबार, जेष्ठ २९, २०७६



कास्की । पोखराको उत्तमचोकमा गोली चलेको छ । लागू औषधको कारोबारी पक्राउ गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन ।

प्रहरीले चलाएको गोली लागेर गोविन्द थापा घाइते भएका छन । लागूऔषध लिएर हिँडेको विशेष सूचनाको आधारमा थापालाई पछ्याउँदै गर्दा थापाले प्रहरी माथि आक्रमण गर्न खोज्दा गोली चलाएको प्रहरीले जनाएको छ ।

उनको साथबाट डाईजोपाम, नुर्फिन र फेनार्गनलगायत १५ सय थान लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata