सर्लाहीमा नेकपा र काँग्रेस कार्यकताबीच झडप एकको मृत्यु

मङ्लबार, कार्तिक १३, २०७५



सर्लाही । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षदल काँग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ ।
नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप हुँदा गोली लागेर सर्लाहीको रामनगर–४ का ६२ वर्षीय रामविलास महतोको ज्यान गएको प्रहरीले जनाएको छ ।

नेपाली काँग्रेसबाट निर्वाचित रामनगर गाउँपालिका–४ का वडाध्यक्ष रामनरेश महोतो माथि नेकपा कार्यकर्ताको एक समुहले सोमबार आक्रमण गरेको वडा अध्यक्ष महतोले जनाएका छन् । वडाध्यक्ष महतोको टाउकोमा गहिरो चोट लागेको छ भने बायाँ खुट्टा भाँच्चिएको छ। उनको सर्लाही अस्पताल मलङ्गवामा उपचार भइरहेको छ।

सोही विषयलाई  लिएर आज पनि झडप भएको थियो ।   झडप नियन्त्रणका लागि प्रहरीले हवाईफायर र गोली चलाएको जनाएको छ ।

140 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank