पूर्वउपसचिवको छोरीलाई लक्षित गर्दै गोली प्रहार

मङ्लबार, साउन १४, २०७६



काठमाडौं । पूर्वउपसचिव विष्णुप्रसाद शर्माको छोरीलाई लक्षित गर्दै गोली प्रहार भएको छ ।

सोमबार राती कलंकी स्थित आफ्नै घरमा पढिरहेकी पूर्वउपसचिवको शर्माकी १९ वर्षीया छोरी पढिरहेको कोठामा गोली प्रहार भएको हो । घर भन्दा बाहिरबाट हानेको गोली लागेर शर्माको छोरी पढिरहेको कोठाको झ्याल फुटेको आवाज आएपछि घरका अन्य सदस्यहरु त्यहाँ आइपुगेका थिए ।

गोली तारको जाली छेडेर भित्र पसेको भए पनि कुनै मानवीय क्षति नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए । उक्त गोली एयरगनको भएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेका जनाइएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata