लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान पेस्तोल सहित एक पक्राउ

आइतवार, साउन ५, २०७६



 मकवानपुर । लागूऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएकाे छ ।  पेस्तोल सहित एक  लागूऔषध काराेबारी पक्राउ परेका छन ।

पक्राउ मनहरी गाउँपालिका-९ रजैया राप्ती खोलाबाट राक्सिराङ गाउँपालिका-१ ढुङ्गेन बस्ने ४३ वर्षीय कुमार स्याङतानलाई कटुवा पेस्तोल १ नाल, सो पेस्तोलमा लाग्ने गोलीको खोका १ राउण्ड, जंगी गोली ५ राउण्ड र करिब ३५ केजी लागूऔषध गाँजा सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीलाई गाँजा लैजाँदै गरेको ४/५ जनाको समूहमध्ये स्याङतानले कटुवा पेस्तोलबाट १ राउण्ड फायर गरेकोले प्रहरीले समेत जवाफी फायर गरी स्याङतानलाई पक्राउ गरेको हो ।

अन्य फरार व्यक्तिहरुको तदारुकताका साथ खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata