काभ्रेको भकुण्डेबसीमा गोली चल्यो, एकको मृत्यु

आइतवार, बैशाख ३१, २०७४



काठमाडौं  । भ्रेको भकुण्डेबसीमा गोली लागेर घाइते भएका युवकको उपचारको क्रममा मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका ४ भकुण्डेबेसीमा शनिबार राति करिव साढे ९ बजे गोली चलेको थियो । घटनामा मेथिनकोटका २८ वषर्ीय नवराज पाठकलाई गोली लागेको थियो ।

दाहिने छातीमा एक गोली लागेका उनको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको काभ्रेका डीएसपी नविनराज राईले जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको छ । स्थानीयबासीले सशस्त्र प्रहरीले नै गोली चलाएको आरोप लगाएका छन् ।

तर, सशस्त्र प्रहरीले भने मोटरसाइकलमा आएका व्यक्तिले गोली हानेर भागेको बताएको छ ।

1105 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank