एकनाले भरुवा बन्दुक सहित पक्राउ

बुधबार, चैत्र ५, २०७६



तनहुँ । एकनाले भरुवा बन्दुक सहित एक जना  पक्राउ परेका छन । पक्राउ पर्नेमा   ब्यास नगरपालिका-६ साझाभञ्याङ बस्ने ७० वर्षीय मित्र बहादुर थापा रहेका छन ।

 एकनाले भरुवा बन्दुक, बारुद करिब ५० ग्राम र ३ वटा केप सहित  थापा   मंगलबार दिउँसो पक्राउ परेकाे प्रहरीले जनाएकाे छ ।  प्रहरी चौकी सिशाघाटबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments