दुई बन्दुक सहित दुई जना पक्राउ

बिहिबार, असार ५, २०७६



भोजपुर । दुई बन्दुक सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा भोजपुर नगरपालिका ३ बाट सोही ठाउँ बस्नेहरु ४६ वर्षीय जित कुमार राई र ३६
वर्षीय लाल बहादुर भुजेल रहेका छन ।

उनीहरुबाट दुई वटा बन्दुक सहित बन्दुकमा प्रयोग हुने बारुद समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जित कुमारको घरमा तलासी गर्दा बारुद लोड गरेको एक नाले भरुवा बन्दुक १ थान, छर्रा १४ थान, कुरिङ ढुङ्गा १० थान र प्लाष्टिकको वट्टामा करिब २ सय ग्राम बारुद तथा लाल बहादुरको घरमा बारुद लोड गरेको एक नाले भरुवा बन्दुक १ थान, छर्रा १६ थान, पटाका ३ प्याकेट र करिब २ सय ग्राम बारुद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata