भरुवा बन्दुक बरामद

मङ्लबार, जेष्ठ ७, २०७६



सुर्खेत । जिल्लाको पञ्चपुरी नगरपालिका ७ सान्नेबाट भरुवा बन्दुक फेला परेको हो ।
सोमबार साँझ एक नाल बेबारिशे अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

स्थानीय महिलाहरुले सामुदायिक जंगलबाट घाँस दाउरा ल्याउने क्रममा उक्त भरुवा बन्दुक बेबारिशे अवस्थामा फेला पारेपछि समुदाय प्रहरी साझेदारी कार्यक्रमका लागि प्रहरी चौकी डाँडाछाप्रेबाट खटि गएको प्रहरीलाई बुझाएका हुन् ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेकाे  प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata