अमेरिका र इरानबीच भनाभनको अवस्था, अमेरिकाले खाडीमा थप एक हजार सेना पठाउने

मङ्लबार, असार ३, २०७६



वाशिङटन । अमेरिकाले इरानसँग तनाव बढ्दै गएपछि मध्य पश्चिमी क्षेत्र खाडीमा थप एक हजार सेना पठाउने भएको छ । सोबार कार्यवाहक अमेरिकी रक्षामन्त्री प्याट्रिक शनाहनले इरानको पछिल्लो व्यवहारका कारण अमेरिकी सेना थप्न लागिएको बताएका छन् ।

“अमेरिका इरानसँग कुनै पनि द्वन्द चाहदैन ।” अमेरिकी रक्षामन्त्री शनाहनले एक विज्ञप्ती जारी गर्दै बताएका छन्, ” यो सुरक्षा चासोको विषय हो । हाम्रो सेना राष्ट्रिय चासो भएको क्षेत्रमा सुरक्षाका लागि खटिनेछ ।” सुराक्षार्थ खटिने भनिएको अमेरिका सेनालाई कति समय ठ्याक्कै कहाँ  खटिनेछन् भन्ने बारे उनले मुख खोलेनन् ।

ओमानको खाडीमा गएको बिहीबार दुईवटा तेल ट्यांकरमाथि आक्रमण भएको घटनालाई लिएर अमेरिका र इरानबीच अहिले भनाभनको अवस्था रहेको छ । अघिल्लो महिनापनि चारवटा जहाजमा युनाइटेड अरब इमिरेट्सको बन्दरगाहमा आक्रमण भएपछि अमेरिका र इरानबीच तनाव उत्पन्न भएको थियो ।

पछिल्लो विवादपछि इरानले सोमबार मात्रै आफू सन् २०१५मा भएको आणविक लक्ष्य सम्बन्धी सहमति पालना गर्न बाध्य नरहेको चेतावनी दिएको बीबीसीले जनाएको छ । यद्दपी बेलायत, फ्रान्स र जर्मनीले आणविक लक्ष्य सम्बन्धी सहमति पालना गर्नुपर्ने चेतावनी दिँदै आइरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata