साउदी र अमेरिका भन्छन्, ‘ओमानको खाडीमा तेल ट्यांकर आक्रमण गराउने इरान हो ।’

आइतवार, असार १, २०७६



एजेन्सी । केही समययता खाडी क्षेत्रमा तनावको अवस्था रहेको छ । गत बिहिबार ओमानको खाडीमा दुई वटा तेल ट्यांकरमा आक्रमण भएको थियो । सो आक्रमणमा इरानको संलग्नता रहेको साउदी अरेबियाले आरोप लगाएको छ ।

पछिल्लो पटक ओमानको खाडीमा भएको दुई वटा तेल ट्यांकरमा आक्रमणमा अमेरिकाले इरानको संलग्नताको आरोप लगाएको छ  । यद्दपी इरानले सो आरोप अस्वीकार गर्दै आइरहेको छ  ।

गएको महिनामा पनि युनाइटेड अरब इमिरेट्सको खाडीमा चार वटा जहाजमा आक्रमण भएको थियो । सो घटना लगत्तै अमेरिका र इरानबीच भनाभनको अवस्था उत्पन्न भएको थियो । यसको सिधा असर साउदी अरेबियामा देखिने भएको छ । यसै बीच साउदी अरेबियाका युवराज मोहम्मद विन सलमानले आफ्नो देश कुनैपनि चुनौतिको सामना गर्न नहिच्किचाउने जनाएका छन् ।

साउदी युवराज सलमानले आफूहरुले यो क्षेत्रमा युद्ध नचाहेको तर देशका जनता र सार्वभौमसत्तामाथि चुनौति आएमा पछि नहट्ने समेत जनाएका अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएको छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank