गजल-मुटु भित्र कहिल्यै पनि स्वार्थी दिप बाल्ने छैन

बिहिबार, साउन २३, २०७६

- सुरेन्द्र शाही(गुलाब कान्छो)



विकासको बिरुद्धमा कलम मत चाल्ने छैन ।

मुटु भित्र कहिल्यै पनि स्वार्थी दिप बाल्ने छैन ।

 

हातमा कडी भिडाएर लिएपनि जेलमा थुन्न,

मुल्य चुक्ला जीन्दगीको शान्तिलाई ढाल्ने छैन ।

 

मनकको चिप्लो पेटको कैँची चिन्नुपर्छ मान्छे साथि,

भित्रभित्रै खोक्रो पार्ने यस्ता मुसा पाल्ने छैन ।।

 

शान्ति यहाँ ल्याउनु पर्छ अशान्तिको पर्दा हटाइ,

विरोभ गरी सडकमा टाएरहरु बाल्ने छैन ।

 

लागिपर्छ देशकै लागि जताततै विकास गर्न,

मरीजाला सुरेन्द्र यो वचन त्यसै फाल्ने छैन।

 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata