भाजपा नेता मिरकाे गाेली हानी हत्या

आइतवार, बैशाख २२, २०७६



काश्मीर । भारत प्रशासित कश्मीरकाे अनन्तनाग जिल्लामा शनिबार सत्तारुढ भारतीय जनता पार्टी (बिजेपी) का नेता गुल मोहम्मद मिरकाे गाेली हानी हत्या गरिएकाे छ।

अनन्तनाग जिल्लाका पार्टी उपाध्यक्ष मिरको  अन्नतनाग लोकसभा स्थानका लागि हुन लागेकाे तेस्राे चरणकाे चुनावभन्दा ठिक ३ दिन पहिले हत्या भएको हो । हत्या कुनै चरमपन्थी संगठनले गरेकाे हुनसक्ने आशंका गरिएकाे छ।

कश्मीर प्रहरीका अनुसार मिरमाथि नौगामस्थित आफ्नै घरमा गाेली प्रहार गरिएकाे हाे। गाेली प्रहारबाट गम्भीर घाइते भएका उनकाे उपचारकाे क्रममा स्थानीय अस्पतालमा मृत्यु भएकाे थियाे।

भारतीय जनता पार्टीले हत्याकाे निन्दा गर्दै सिबिआई जाँच गर्नका लागि माग गरेकाे छ।घटनाबारे अनुसन्धान अघि बढायएकाे काश्मीर प्रहरीले जनाएकाे छ।

तेस्रेा चरणअन्तर्गत सोमबार अनन्तनागमा चुनाव हुँदैछ। रिपोर्टका अनुसार सन् २०१९ मा आम चुनावका दाैरानमा भारत प्रशासित कश्मीरमा भएकाे याे पहिलाे राजनीतिक हत्या हाे।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank