खुफिया जानकारी पछी भारत सतर्क, गुजरात बन्दरगाहमा हाई एलर्ट

बिहिबार, भदौ १२, २०७६



एजेन्सी । पाकिस्तानी कमान्डोहरू भारतीय क्षेत्रमा प्रवेश गरेको भारतीय खुफियाले जानाकारी दिएसँगै भारतमा उच्च सतर्कता अपनाइएको मिडियाले जनाएको छ । खुफिया जानकारी पछी गुजरातको सबै बन्दरगाहमा हाई एलर्ट जारी गरिएको छ ।

एनडीटिभीले सुत्रबाट प्राप्त गरेको जानकारी अनुसार गुजरातमा साम्प्रदायिक दङ्गा या आतंकवादी गतिविधि गर्नको निम्ति पाकिस्तानी कमान्डो समुन्द्री बाटोबाट भारत प्रवेश गरेको जनाइएको छ ।

अडानी पोर्टको बयानअनुसार तटरक्षक बलले पाकिस्तान प्रशिक्षित कमान्डोहरू हरमी नाला क्षेत्रबाट कच्छको खाडीमा प्रवेश गरेको छ। मानिदै छ कि पाकिस्तान प्रशीक्षित कमान्डोहरू पानीभित्रबाट आक्रमण गर्न सक्षम छन्।

भारतीय सरकारले गुजरातमा हुन् सक्ने तमाम प्रतिकुल परिस्थितिलाई नियन्त्रण गर्न कडा सुरक्षा अपनाएको बताइएको छ । गुजरातमा रहेका सबै बन्दरगाहहरुमा सुरक्षा फौज सतर्क र तयारी हालातमा रहेको भारतीय मिडियाले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata