भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गार्ड अफ अनर

शुक्रबार, बैशाख २८, २०७५



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । शुक्रबार काठमाडौँको सैनिक मञ्च टुँिडखेलमा गार्ड अफ अनर प्रदान गरिएको हो । दिउँसो साँढे २ बजे काठमाडौँ आईपुगेका मोदीसँग शुक्रबार नै उपराष्ट्रपति नन्दबहादुर पुन तथा राष्ट्रपति बिधादेवी भण्डारीसँग भेटघाटको कार्यक्रम छ।

राष्ट्रपतिसँगको भेटघाटपछी उनी द्वारिका होटलमा जाने छन्। जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम छ। आजै साँझ होटल द्वारिकामै अरुण तेस्रोको स्वीच थिचेर शिलान्यासको कार्यक्रम राखिएको छ।

94 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank