सेयर बजारमा हङ्गामा : भारतीय सरकारलाई १,४५,००० करोडको आर्थिक भार

अर्थमन्त्री निर्मला सीतारमणको कर कटौती प्रस्ताव

शुक्रबार, अशोज ३, २०७६



एजेन्सी । आर्थिक मन्दीबाट गुज्रीरहेको भारतीय अर्थतन्त्रलाई उकास्न अर्थमन्त्री निर्मला सीतारमणले चालेको पछिल्लो कदमले भारतीय सेयर बजारमा हङ्गामा मच्चिएको छ । आज(शुक्रबार) गोवाको राजधानीमा भएको प्रेस कन्फ्रेरेन्समा अर्थमन्त्री सीतारमणले कर्पोरेट ट्याक्स  घटाउने घोषणा गरेकी हुन् ।

जीएसटी काउन्सिलको बैठकपूर्व कर कटौतीको घोषणा गर्नासाथ भारतीय सेयर बजारमा ठुलो उछाल देख्न पाइएको छ । मन्त्री सीतारमणले बताएअनुसार कर कटौतीको निम्ति छिट्टै अध्यादेश मार्फत निर्णय लिइनेछ । अब कम्पनीहरूको निम्ति १५.१७ प्रतिशत कर लाग्ने बताएसँगै भारत सरकारलाई १,४५,००० करोडको अतिरिक्त बोझ थपिने जनाइएको छ ।

मन्त्री सीतारमणले भनिन्, “यदि कुनै घरेलु कम्पनीले कुनै पनि  प्रोत्साहनको लाभ नलिएको छ भने २२ प्रतिशतको दरमा आयकर भुक्तान गरे अन्य कुनै कर लाग्नेछैन ।” आगामी अक्टोबर महिना पछी नयाँ घरेलु विनिर्माण कम्पनीलाई विना कुनै प्रोत्साहनको १५ प्रतिशतको आयकरको दरमा भुक्तान गर्न सकिने विकल्प दिएकी छिन् । मन्दीबाट तत्काल राहत पाउनका निम्ति चालिएको यस कदमले भारतीय अर्थ बजारमा सकारात्मक परिवर्तन परेको देखिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata