गृहमन्त्रीबाट डा देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी

शनिबार, बैशाख २२, २०७५



 

काठमाडौँ
गृहमन्त्री रामबहादुर थापा बादलले उपचाररत वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन।
पित्त थैलीको क्यान्सरबाट पीडित डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्थाका बारेमा बुझ्न गृहमन्त्री थापा आज बाँसबारीस्थित न्यूरो अस्पताल पुगेका हुन् ।
भेटमा गृहमन्त्रीले डा देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै संक्षिप्त कुराकानीसमेत गरेका थिए। गृहमन्त्रीले डा देवकोटाको उपचारमा संलग्न चिकित्सहरुसँग उनको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन ।

116 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank