प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री

मङ्लबार, बैशाख १८, २०७५



 

जनकपुरधाम
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यही वैशाख २८ गते हुने नेपाल भ्रमण धार्मिक र सांस्कृतिक हुने बताएका छन ।

भारतीय प्रधानमन्त्री मोदीले पूजाअर्चना गर्ने जानकी मन्दिर र नागरिक अभिनन्दन गरिने बाह्र बिगाहाको स्थलगत निरीक्षणपछि आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले सो जानकारी दिएका हुन ।

उनले भारतीय प्रधानमन्त्री मोदीले जनकपुरधाम र मुक्तिनाथको भ्रमण गर्ने कार्यक्रम रहेको पनि बताए। गृहमन्त्री बादलले भारतीय प्रधानमन्त्री मोदीको जनकपुरधाम भ्रमणका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली जनकपुरधाम जाने कार्यक्रम पनि रहेको जानकारी दिए ।

उनले भारतीय प्रधानमन्त्री मोदीको यस पटकको नेपाल भ्रमणमा राजनीतिक सम्झौताको कुनै कार्यक्रम नरहेको पनी स्पष्ट पारे । गृहमन्त्री बादलले एक प्रश्नको जवाफमा भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाको जिम्मा राष्ट्रको हो भन्दै उच्च सुरक्षाको व्यवस्था गरिएको पनि बताए ।

भारतीय प्रधानमन्त्री मोदीको धार्मिक भ्रमणले दुई देशको धार्मिक र सांस्कृतिक सम्बन्ध सुदृढ हुने विश्वाससमेत व्यक्त गरेका छन ।

66 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank