थनबर्ग र ट्रम्प आमुन्नेसामुन्ने, जलवायु परिवर्तन र वातावरण मुख्य मुद्दा

बुधबार, माघ ८, २०७६



एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एकपटक पुन: हतारमा आफ्नो अभिव्यक्ति दिएको अधिकारीहरूले बताएका छन् । उनले  जलवायु परिवर्तनका कारण पृथ्वी संकटमा पर्न लागेको चेतावनी दिने वातावरणवादीहरूलाई विनाशको त्रास फैलाउने समूहको रुपमा टिप्पणी गरेसँगै अधिकारीहरूले सो कुरा बताएका हुन्  ।

स्वीट्जरल्यान्डको डाभोसमा विश्व आर्थिक मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले विनाशका भविष्यवाणी अस्वीकार गरे । उनले अमेरिकाले आफ्नो अर्थतन्त्रको रक्षा गर्ने पनि बताए । डाभोसमा भएको विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै वातावरणवादीहरूलाई ‘प्रोफेट्स अफ डुम’ अर्थात् ‘पूर्ण विनाशको त्रास फैलाउने समूह’ भनेका हुन् ।

उनले विगतमा विभिन्न अभियानकर्मीहरूले जनसङ्ख्याको संकट र भोकमरी तथा तेल संटको गलत भविष्यवाणी गरेको बताए । अहिलेका वातावरण अभियानकर्मीहरूलाई ट्रम्पले विगतका ‘तिनै मूर्ख भविष्यवक्ताहरूको उत्तराधिकारी’ भन्दै चर्को आलोचना गरे ।

उनले ट्रम्पले सिर्जनशील बजार अर्थतन्त्रले समस्याका समाधान पहिल्याउने भन्दै अमेरिकाले एक ट्रिलियन रूख रोप्न सघाउने बताए । उनले सम्बोधन गर्दै गर्दा चर्चित स्वीडिश जलवायु परिवर्तन अभियानकर्मी किशोरी ग्रेटा थनबर्गसमेत सहभागी थिइन् ।

थनबेर्गले ट्रम्पको रूख रोप्ने वाचाको स्वागत गरे पनि खनिज इन्धनबाट तत्काल लगानी हटाउनुपर्ने बताइन् । उनले शक्तिमा रहेकाहरूलाई आफ्नै सन्ततिप्रति माया देखाउन आह्वान गरिन्। उनले राजनीतिक नेतृत्वको चर्को आलोचना गर्दै संसार जल्दै गर्दा उनीहरूले नदेखिरहेको आरोप लगाइन् । डाभोसको वार्षिक सम्मेलनमा यसपटक जलवायु परिवर्तन र वातावरण मुख्य मुद्दा रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments