प्रधानमन्त्रीलाई भेट्न डा. केसी अस्पतालमा : के भयो कुराकानी ?

बिहिबार, कार्तिक १५, २०७५



काठमाडौं  । छातिमा समस्या देखिएर सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न प्रा.डा गोविन्द केसी बुधबार साँझ अस्पताल पुगेका छन्। डा. केसी डा. अभिषेकराज सिंहको साथमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन्।

डा. सिंहका अनुसार प्रधानमन्त्रीसँग डा. केसीले करिब आठ मिनेट कुराकानी गरे। केसीले सुरुमै प्रधानमन्त्रीलाई स्वास्थ्य लाभको शुभकामना दिएर कुराकानीको सुरुवात गरेका थिए। ‘गेट वेल सुन प्रधानमन्त्रीज्यू’ डा. केसीले भने। प्रधानमन्त्रीले समेत केसीलाई हालखबर सोधेका थिए। जवाफमा केसीले भने, ‘मेरो ठिकै छ। तपाईंको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु।’

प्रधानमन्त्री ओलीले डा. केसीसँग उपचारमा संलग्न चिकित्सकको प्रशंसा गरेको डा. सिंहले बताए। केसीसँगै प्रधानमन्त्रीलाई भेट्न पुगेका डा. सिंहले केसीको भनाइ उद्धृत गर्दै भने, ‘छिटो निको हुनुहोस्। म तपाईं छिटो निको भएको हेर्न चाहन्छु।’

प्रधानमन्त्रीले शिक्षा विधेयक संदबाट पास गर्न नसकिएको तर अब बालुवाटार फर्किएपछि फेरि प्रयास गर्ने आश्वासन अस्पतालको बेडबाटै डा. केसीलाई दिएका छन्।

प्रधानमन्त्रीको स्वास्थ्य- फेरिएका मृगौलाको आयु

प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै डा. सिंहले भने, ‘अघिल्लो पटक शिक्षा विधेक पास गर्न सकिएन। म फर्किएपछि बालुवाटार आउनुहोस्। त्यसपछि पास गराउने पहल गर्छु।’

डा. केसीले आफू त्यो विषय भन्न नआएको भन्दै फेरि पनि प्रधानमन्त्रीलाई ‘गेट वेल सुन’ भन्दै फर्किएका छन्।

प्रधानमन्त्री ओली सोमबारदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत छन्। प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उपेक्षित सुधार भएको सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जानकारी दिएका छन्।

प्रधानमन्त्रीले नियमित खाना खान थालेको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. अरुण सायमीले बताए।

एक दशकअघि मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमता घटेको र नजिकै रहेर भेटघाट गर्दा पनि संक्रमण हुने सक्ने एक चिकित्सकको भनाइ छ। डा. सायमीको संयोजकत्वमा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाह र डा. सन्तकुमार दास प्रधानमन्त्रीको उपचारमा संलग्न छन्। अन्नपूर्णपोष्टबाट

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank