अधिकांश सरकारी कार्यालय अाजबाट खारेज, कुन रहने कुन नरहने (लिष्ट सहित)

बुधबार, चैत्र २८, २०७४



काठमाडौँ । जिल्लास्तरका अधिकांश सरकारी कार्यालय खारेज भएका छन् । खारेजीमा परेका सरकारी कार्यालयका चलअचल सम्पत्ति स्थानीय तह मातहतमा आउने भएको छ ।

कृषि, डिभिजन सहकारी, खानेपानी, वन, सिंचाई, भूसंरक्षण कार्यालय खारेजीमा परेका छन् । यस्तै जनस्वास्थ्य, महिला विकास, मालपोत, नापी, भूमिसुधार कार्यालय पनि खारेजीमा परेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय भने असारसम्म कायमै रहने भएको छ । खारेजीमा परेका कार्यालय अब स्वतः स्थानीय तह मातहत जानेछ । खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति र दायित्व हस्तान्तरण गर्न ७७ वटै जिल्लामा जिल्ला समन्वय समिति संयोजकत्वमा बनाइएको समितिले गर्ने छ ।

समितिमा विषयगत कार्यालयका प्रमुख, कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकृत र जिल्ला समन्वय अधिकारी रहेका छन् ।

अाजबाट खारेज हुने कार्यालयहरु
१) जिल्ला स्वास्थ्य कार्यालय
२) जिल्ला वन कार्यालय
३) जिल्ला सिंचाइ कार्यालय
४)जिल्ला खानेपानी कार्यालय
५) जिल्ला हुलाक कार्यालय
६ं) जिल्ला कृषि विकास कार्यालय
७) जिल्ला पशु सेवा कार्यालय
८) जिल्ला जल उत्पन्न तथा प्रकोप व्यबस्थाप कार्यालय
९) जिल्ला सहकारी कार्यालय
१०) जिल्ला प्राविधिक कार्यालय
११) जिल्ला भेटनरी कार्यालय
१२) जिल्ला भूमिसुधार कार्यालय
१३) जिल्ला खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय
१४) जिल्ला सडक डिभिजन कार्यालय
१५) महिला तथा बालविकास कार्यालय
१६।घरेलु तथा साना उद्योग कार्यालय
१७) जिल्ला मत्स्य विकास कार्यालय
१८) जिल्ला बाली विकास कार्यालय

केही समय खारेज नहुने कार्यालयहरु
१) जिल्ला शिक्षा कार्यालय
२) जिल्ला मालपोत कार्यालय
३) जिल्ला नापी कार्यालय

खारेज नहुने कार्यालय
१) जिल्ला प्रशासन कार्यालय
२) जिल्लाप्रहरी कार्यालय
३) जिल्ला समन्वय समिति
४) जिल्ला अदालत
५ं) जिल्ला निर्वाचन कार्यालय

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank