सरकारले साग विजेता खेलाडीलाई विशेष प्याकेज घोषणा गर्दै

बुधबार, मंसिर २५, २०७६



काठमाडौं । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का विजेता खेलाडीलाई विशेष प्याकेजको घोषणा गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सागका विजेता खेलाडीलाई बालुवाटारमा आमन्त्रण गरेका छन । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउसो सवा २ वजे पदक विजेता खेलाडीहरुलाई आमन्त्रण गरिएको जानकारी दिए ।

सागमा स्वर्ण, रजत र कास्य पदक विजेता नेपाली खेलाडीहरुलाई प्रधानमन्त्री ओलीले बधाई दिन बालुवाटार आमन्त्रण गरेका हुन् । नेपाल सरकारले राष्ट्रको प्रतिष्ठा र गौरव बढाउने खेलाडीहरूको सम्मानमा प्रधानमन्त्रीले सम्बोधन गर्ने थापाले ट्वीटर मार्फत जानकारी दिएका छन् ।

sag

१३औं सागमा नेपालले ५१ स्वर्ण जित्दै दोस्रो भएको छ । नेपालको रजत र कास्यको संख्या क्रमशः ६० र ९५ छ । १४ औं साग प्रतियाेगिता पाकिस्तानमा हुने भएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments