गोठगाउँमा नि:शुल्क पाठेघर जाँच शिविर जारी

शनिबार, फाल्गुन २५, २०७५

- एलिना कार्की



रामेछाप । रामेछाप नगरपालिका वडा न १ गोठगाउँको स्वास्थचौकीको भवनमा महिलाहरुको पाठेघरसम्बन्धी समस्याको एक दिने शिविर सन्चालन आज जारी छ।

रामेछाप नगरपालिका वडा कार्यलय र गोठगाउँ स्वास्थचौकीको सहकार्यमा बज्र कल्याणले उक्त शिविर सन्चालन गरेको हो। शिविरमा जनप्रतिनिधि ,स्वास्थ कर्मचारी, स्वास्थ स्वयंसेवीका लगायत खटिरहेकाे वडा अध्यक्ष नर बहादुर थापाले जानकारी दिए ।

शिविरले चेतनाको अभावमा रहेका महिलाहरुलाइ प्रत्यक्ष फाइदा पुर्याउने उनले बताए । शिबिरबाट अहिलेसम्म ५० जनाले सेवा लिइसकेको स्वास्थ्यकर्मी नमूना खड्काले जानकारी दिइन् । बिरामीहरु आउने क्रम जारी रहेको पनि उनले बताइन ।

गोठगाउँको स्वास्थचौकी भवन

गोठगाउँको स्वास्थचौकी भवन

53845646_779141642450878_6642838913847132160_n

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank