गोताबेया राजापाक्षे श्रीलंकाको नयाँ राष्ट्रपति

आइतवार, मंसिर १, २०७६



एजेन्सी । श्रीलंका पोडुजाना पेरमुना (एसएलपीपी) को उम्मेदवार गोताबेयाले भर्खरै राष्ट्रपति निर्वाचनमा जीत दर्ज गरेको जनाइएको छ ।
उनले खसेको कुल मतको ५३.५४ प्रतिशत मत प्राप्त गरेको प्रारम्भीक नतिजामा बताइएको छ ।

न्यू-डेमोक्रेटिक फ्रन्ट (एनडीएफ) का उम्मेद्वार साजित प्रेमदासा दोस्रो स्थानमा रहेका छन । गत शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा करिब ८० प्रतिशत मतदाताले मतदान गरेका थिए ।

तमिल- बहुल उत्तरी प्रान्तमा करिब  ७० प्रतिशत मतदान हुँदा गोताबेयाले आफ्नो जीत दर्ज गर्न सहज भएको जनाइएको छ । सिंहाली बहुल क्षेत्रमा अधिक मतदान हुनु र तमिल क्षेत्रमा  कम मतदान हुनु नै गोताबेयाको जीतको आधार रहेको मिडियाले जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata