१३ औं साग प्रतियोगिता- ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द पार्कीलाई स्वर्ण

शुक्रबार, मंसिर २०, २०७६



काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा आज भएको ५ हजार मटिर दौडमा नेपालका गोपी पार्कीलाई स्वर्ण पदक प्राप्त भएको छ ।  खेलमा निर्धारित दुरी १४ मिनेट ५४ दशमलब दुई शुन्य सेकेण्डमा पूरा गर्दैै नेपाली धावक गोपी चन्द पार्कीले स्वर्ण पदक जित्न सफल भएका हुन् ।

भारतका सुनिल दवारलाई एक सेकेण्डले पछि पार्दै पार्कीले स्वर्ण हात पारेका हुन् । दवारले १४ मिनेट पचपन्न दशमलब दुई एक सेकेन्डमा दुरी पूरा गर्दै रजत पदक प्राप्त गरे । नेपालकै हरिकुमार रिमाल उक्त स्पर्धामा तेस्रो भए । रिमालले १४ मिनेट सन्ताउन्न दशमलब शुन्य पाँच सेकेन्डमा दौड पूरा गर्दै कास्य जिते ।

यो सँगै एथलेटिक्समा नेपालको स्वर्ण संख्या दुई पुगेको छ । यसअघि सन्तोषL श्रेष्ठले महिला दश हजार मिटर दौडमा स्वर्ण जितेकी थिइन । पार्कीले जितेको पदकसँगै नेपालको स्वर्णको संख्या ३७ पुगेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments