सुशासन र नैतिकता

नेपालपाटी टिप्पणी

बुधबार, मंसिर ५, २०७५

- भूपेन्द्र शाह



सुशासन र नैतिकता शब्दहरु आफैंमा केहि होइनन तर सभ्य, सुसंस्कृत समाज र मुलुक निर्माणको निम्ती अत्यन्त महत्वपूर्ण मानिन्छ । सामान्यतया नैतिकता व्यक्तिगत कुरा हो । स्कुल ,कलेज र युनिर्भसिटीले शिक्षाको औपचारिक डिग्री वितरण गरे पनि नैतिकता वितरण गर्न सक्दैन ।

कुनै विषय वस्तुलाई हरेक मानिसले कसरी लिने भन्ने उसको व्यक्तिगत आचरणमा भर पर्ने कुरा हुन् । एउटै विषयबस्तुमा हरेक मानिसले आफुलाई कसरी प्रस्तुत गर्छन् । कति नैतिकता देखाउँछन् भन्ने कुरा समाजको निम्ती र आगामी पिंढीको निम्ती प्रेरणाको स्रोत बन्न सक्छन् । पछिल्लाे समय विश्व राजनैतिक मञ्च देखी निजी जीवनमा नैतिकता प्रदर्शन गर्ने कमै मानिस फेला परिरहेका छन् । वर्तमान वैश्य युगमा नैतिकता पनि लेनदेनको विषय बन्दै गर्दा मुलुकलार्इ सहि दिशा दिने  सुशासन समेत धर्मराउँदै गएको आभाष  प्रा. डा. धुब्रराज अधिकारीले दिएको राजीनामा प्रकरणले देखाउँछ ।

माओवादी ध्वंश पछि मुलुकमा ओरालो लागेको नैतिकता र सुशासन पछिल्लो समय त्यो भनेको के हो ? भन्ने अबस्था सिर्जित हुँदैछ । आफु पनि नखाने र अरुलाई पनि खान नदिने प्रधानमन्त्रीकाे भनाईलाई झापड हान्ने राजीनामा काण्डपछि मुलुकमा फेरी एक पटक नैतिकता र सुशासनको वास्तविक अबस्था खुल्दैछ ।

भ्रष्ट्राचार र घुसखोरीको कहाली लाग्दो अबस्था चित्रित गर्दे राजीनामा दिने डाक्टर अधिकारीले ढिलै भए पनि गतिलो कदम चालेका छन् । आफ्नो जागीरे जीवनको सुनौलो समय भरि चाकडी, चाप्लुसी घुसखोरी भोगेका डाक्टर करिब ३० बर्ष नोकरीमा कसरी टिके ? भन्ने सवाललाई नखुलाइकन आफुले भोगेको ठाउँमा पोष्टिङ नभएको झोक नैतिकता बनाउन पछि परेका छैनन् । चाकडी गरि जागीर खान भन्दा बरु राजीनामा दिने भन्दै बीर अस्पतालमा कार्यरत न्यूरो सर्जन डाक्टर करिब ४ महिने जागीर जीवनलाई तिलाञ्जली दिदैं क्रान्तिकारी बन्न भ्याएका छन् ।

डाक्टर अधिकारीको राजीनामा संगै मुलुक भित्र झाँगिएको चाकडी र घुसको विकृती अनुहार आम मानिसले मात्र हैन सुशासनको दुहाई दिन नथाक्ने सरकारले समेत सुन्न बाध्य भएको छ । डाक्टर अधिकारीले स्वास्थ्य मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा बीर अस्पतालले बारम्बार पत्र लेख्दा र आफुले अथक प्रयास गर्दा रिक्त पदमा पोष्टिङ नपाउँदा फालेको राजीनामा पछि नेपाल सरकार र कर्मचारी प्रति एकै पटक अनेकौं सवाल खडा हुन पुगेको छ । गर्नु सम्म बिन्ती गरे पछि पनि प्राप्त नभएको उपलब्धीले जगाएकाे डाक्टर अधिकारीकाे नैतिकताले  सुशासनवादी सकारकारको नैतिकता समेत डगमगाएको छ ।

नेपाल सरकारको कर्मचारी प्रशासन कुन स्तरको छ ? कति नैतिकवान छ ? भनिरहनु परेन । जीवनभर सत्ता र शक्तिको पछि लाग्ने नेपाली कर्मचारी प्रशासन पछिल्लो समय आफुले भने जस्तो हुनै पर्ने अन्यथा सरकारको विरुद्ध धावा बोल्ने शैली नैतिकता र सुशासनको जग बस्न नदिने कसम खान पुग्दैछ । आफुलाई अन्याय गरिएको मुलुकलाई बर्बाद पारिएको वा अन्य त्यस्तै बहानामा राजीनामा फ्याकनेहरु विगतमा प्रहरीको डिआइजी, अर्थ सचिव पछि डाक्टर समेत थपिन पुगेका छन् ।

नेपाल सरकारको सुशासन नीति माथी अचानक उठेको चोर औंला प्रति समयमै सचेत नरहे सिंहदरबार र लोकतन्त्रले नमिठो दुर्गती भोग्न बाध्य हुने अबस्था सिर्जना हुनेछ ।

2566 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank