दुई मिनेटमै कसरी सकियो आईपीएल फाइनलको टिकट ?

शुक्रबार, बैशाख २७, २०७६



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनल खेलेको टिकट दुई मिनेटमै सकिन पुगेको छ ।

भारतीय क्रिकेट कन्टोल बोर्ड (बीसीसीआई) ले बुधबार फाइनल खेलको टिकट ब्रिकी गर्न आदेश दिएको थियो । आदेश दिएको दुई मिनेटमै सबै टिकट बिक्री  भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

“कसरी दुई मिनेटमा यति धेरै टिकट सकिन्छ ? ” हैदरवाद क्रिकेट संघले  प्रश्न उठाएको छ ।

१ हजार देखी २५ हजार सम्म मुल्य निर्धारण गरिएको टिकट फ्रेन्चाईज टोलीले पहिले नै बुक गरेको हुन सक्ने आशंका गरिएको छ ।

आइतबार हुने भनिएको फाईनल राजिभ गान्धी इन्टर नेशलन क्रिकेट स्टेडियममा हुँदै छ । जसको  क्षमता ५५ हजार दर्शक अट्ने रहेको छ ।

आईपीएलको फाईनलमा मुम्बई इन्डियन्स स्रुरक्षित छ । दोस्रो क्वालिफायर दिल्ली र चेन्नई सुपर किंग्ससँगबीच शुक्रबार प्रतिस्पर्धा हुने छ । तत्पश्चात विजेता टोलीले उपाधिको लागि मुम्बई इन्डियन्ससँग भिड्नेछ  ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank