जनता र ग्लोबल गाभिए,देशकै ठूलाे बाणिज्य बैक बन्याे ग्लोबल आइएमई लिमिटेड

शुक्रबार, मंसिर २०, २०७६



काठमाडौं । जनता बैंक र ग्लोबल  आइएमई बैंक गाभिएका छन । अलग अलग रुपमा सेवा प्रदान गर्दै आएका दुबै बैंक आपसमा गाभिएसँगै एकिकृत कारोबार शुभारम्भ भएको छ ।
शुक्रबार अर्थमन्त्री डा. युवराज खतिवडाले बैंक एक आपसमा मर्ज भएको घोषणा गरेका छन ।

राष्ट्र बैंकले वाणिज्य बैंकलाई आपसमा गाभ्ने नीति लिएसँगै ‘क’ वर्गका यी दुई बैंक आपसमा गाभिएका हुन् । दुई वाणिज्य बैंक गाभिएसँगै  ‘क’ वर्गका वाणिज्य बैंकको संख्या २७ मा झरेको छ । दुई बैक एक आपसमा मर्ज भएसँगै देशकै ठूलो बाणिज्य बैंक बनेको छ ।  ग्लोबल आईएमई २० अर्ब रूपैयाँ चुक्ता पुँजी पुर्याउने पहिलो बैंक हो ।

मर्जरपछि बैंकमा १ खर्ब २५ अर्ब निक्षेप पुगेको छ भने कर्जा प्रवाह करिब १ खर्ब रूपैयाँ बराबर भएको छ । ३ सय शाखा र २५९ एटीएम रहेको बैंकले जनाएको छ । बैंकका अनुसार कुल ग्राहक संख्या पनि २० लाख नाघ्ने बताएकाे छ।

जनतासँग मर्ज अघि ग्लोबलले वाणिज्य बैंक कमर्ज एन्ड ट्रष्टसहित ११ संस्था मर्ज गरिसकेकाे थियाे ।  जनता बैंकमा पनि ७ वटा विकास बैंक तथा फाइनान्स कम्पनी मिसिएका छन् । मर्जरपछि जनता बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री एकीकृत बैंकको सीईओ र ग्लोबल आईएमईकै अध्यक्ष चन्द्रप्रसाद ढकाल एकीकृत बैंकको अध्यक्ष बनेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments