लकडाउनको समयमा भारतबाट आएका मान्छेहरू रोक्न झापामा गोली चल्यो

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौँ । कोरोना भाइरस महामारीको न्यूनीकरण गर्नका लागि विश्वका कयौँ मुलुकहरूमा लकडाउन अपनाइएको छ । सीमानाका ठप्प छन् ।

कोरोना सन्त्रासका कारण छिमेकी मुलुक भारतका खुला सिमानाकाबाट अवैध रूपमा मानिसहरू नेपाल प्रवेश गरिरहेका छन् । सोही क्रमका एक हुल मानिसहरू भारतबाट जबरजस्त नेपाल प्रवेश गर्न थालेपछि झापामा गोली चलेको छ ।

मङ्गलवार बिहान झापा गाउँपालिकामा वडा नम्बर ४ को जङे पिलर १ सय ३१ नम्बर आसपासको सीमा सुरक्षा पोस्ट क्षेत्रमा गोली चलेको हो । गाउँपालिका अध्यक्ष जयनारायण शाहले सीमापारिबाट आएको अज्ञात भारतीय समूहबाट हुलहुज्जत भएको र गोली समेत चलेको जानकारी दिए ।भारतीय सिमानाबाट नेपालतिर घुसपैठ रोक्न कठिन भइरहेको अध्यक्ष शाहको भनाइ रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments