फेरि बढ्यो सुनको मुल्य

सोमवार, माघ २९, २०७४



काठमाडौं । आईतबारको तुलनामा सोमबार सुनको मूल्यमा दुई सय रुपैयाँले बृद्धि भएको छ ।

आइतबार प्रतितोला ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज सोमबार ५७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, सोमवार चाँदीको मूल्य भने स्थिर नै रहेको छ ।

आइतबार चाँदीको मूल्य प्रतितोला ७ सय ३५ रुपैयाँ कारोबार भएको थियो भने सोमबार पनि ७ सय ३५ रुपैयाँमै कारोबार भएको छ ।

203 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank