सुनको मूल्य ओरालो लाग्यो, १० दिनमा तीन हजार घट्यो

सोमवार, भदौ ३०, २०७६



काठमाडौं । डेढ महिनाअघिदेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो सातादेखि क्रमिक रुपमा घट्न थालेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेकाले त्यसको प्रत्यक्ष असर स्थानीय बजारमा पर्न गएको हो । १० साउनदेखि सुनको मूल्य लगातारा उकालो लाग्दै आएको थियो।

झन्डै डेढ महिना उकालो लागेको सुनको मूल्य पछिल्लो एक सातादेखि घट्न थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

१० दिनको अवधिमा सुनको मूल्य तोलामा तीन हजार रुपैयाँले घटेको महासंघले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata