३३ केजी सुन तस्करीमा नाम जोडिदा पनि किन चुपचाप छन् अर्थमन्त्री महरा ?

बिहिबार, पुस २८, २०७३



सुन तस्करी प्रकरण

काठमाडौँ । त्रिभुवन अन्तराष्ट्रिय विभानस्थलमा पछिल्लो पटक समातिएको ३३ केजी सुन तस्करीमा नाम जोडिदा समेत उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा चुपचाप छन् । सुन तस्करका रुपमा नाम संचारमाध्यामहरुमा छ्याप् छ्याप्ती आउँदासमेत महराले त्यस विषयमा नत कुुनै खण्डन गरेका छन्, नत सुुन तस्करीका विषयमा बोल्ने आँट गरेका छन् ।

यसअघि चिनियाँ व्यापारीसंग पार्टी अध्यक्ष पुुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन पचास करोड रकम माग गरेको अडियो टेप प्रकरणमा मुछिएका महरालाई पछिल्लो पटक यही पुुष २१ गते पक्राउ परेको ३३ किलो सुनमा नाम जोडिएको छ ।

सीआईबिमा कार्यरत एक प्रहरी अधिकारीका अनुसार सुनसहित पक्राउ परेका गोपाल शाहीले माथिल्लो तहकै सेटिङमा आफु भरिया बनेको पोल खोलेका छन् ।

प्रहरी अनुुसन्धानमा रहेका उनलाई उधृत गर्दै ती प्रहरी अधिकारीले भने ‘म जुुनसुकै कारबाही पनि भोग्न तयार छु तर सुुनको मालिक को हो भन्ने प्रश्न चाँही नसोध्नुहोस । यो माथिकै सेटिङगमा भएको काम हो ।’

भरिया शाहीले माथिकै आदेश भन्दै टार्न थालेपछी प्रहरीले भन्सार विभागका उच्च अधिकारी र अर्थमन्त्रीका आफन्तहरुमाथी अनुुसन्धान सुरु गरेको छ । महराले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेपछी उनका छोरा निर्मल महरा र निजी सचिव नेत्र पौडलको दवावमा अर्थ मन्त्रालयका सहसचिव नारायण सापकोटालाई विमानस्थल भन्सार प्रशासनको प्रमुुख बनाइएको थियो ।

महरामाथी सुुन तस्करीको आरोप लाग्नुुका पछाडि सापकोटलाई विमानस्थल सरुवा गरिनु, भरिया शाहीले उच्च तहको सेटिङमा काम गरेको बताउनुु र उनको फोन बारम्बार मन्त्री महराका छोरा निर्मलसंग भएको रेकर्ड देखिनुले समातिएको ३३ केजी सुन उनकै भएको स्रोतको दावी छ ।

केही दिनअघि बसेको संसदको अर्थ समितिको बैठकमा सभापति प्रकाश ज्वालासहितका सांसदहरुले सुन तस्करीमा संधै भरिया मात्र समातिने तर मालिक को हो भन्ने कहिल्यै पनि थाहा नहुनुुको कारण के हो ? भन्दै महराको सातो लिएका थिए ।

सांसदहरुको प्रश्नको स्पष्ट उत्तर नै दिन नसकेका उनले छानबिन गर्ने भन्दै टालटुल पारेका थिए ।

9343 पटक पढिएको

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side cement health right side Samsung health right side DDC health right  adv