३३ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा विमानस्थल भन्सारका दुुई अधिकृत पक्राउ

बिहिबार, पुस २८, २०७३



काठमाडौ ।  साढे ३३ किलो सुन तस्करीमा सघाएको आंशकामा प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका दुई जना अधिकृतहरुलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले विमानस्थल भन्सारका अधिकृतद्धय श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो।

सुन तस्करहरुले उनीहरुसँग मिलेमतोमा सुन भित्र्याएको सिआइबीले आंशका गरेको छ। पक्राउ परेका भरियाहरुको वयानमा आधारमा सिआइबीले २ जना अधिकृत पक्राउ गरेको पुष्टि गरेको छ।

सिआइबीले सुन तस्करमा सम्लग्न २ जनालाई पनि पक्राउ गरेको छ। अनुसन्धानमा असर पर्ने भन्दै उनीहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन्।

त्रिभुवन विमानस्थलको सुरक्षा जाँच पार गरेर प्रहरीले साढे ३३ किलो सुन बरामद गरेपछि भन्सार कार्यालयले त्यहाँ कार्यरत २९ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। सुन काण्डपछि विभागले भन्सार विभागकै उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ।

गत पुस २१ गते दुवईबाट आएका बाँकेका गोपालबहादुर शाहीको लगेजबाट सिआइबीले साँढे ३३ किलोभन्दा बढी सुन बरामद गरेको थियो।

सुन लिन जोरपाटीमा बसिरहेका दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।

उच्च तहको संलग्नतामा सुन तस्करी भुएको हुन सक्ने आशंकामा प्रहरीले छानबिनको दायरालाई बढाएको छ ।

807 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank