गुणस्तर परीक्षण गर्न संकलन गरिएको एक करोडको सुन गायब

बुधबार, अशोज २९, २०७६



गुणस्तर परीक्षण गर्न संकलन गरिएको झन्डै एक करोड रुपैयाँको सुन गायब भएको छ । सुनचाँदीमा मिसावट भएको आशंकासहित तत्कालीन वाणिज्य तथा आपूर्ति विभागले संकलन गरेको करिब १ किलो ७४ ग्राम सुनको गहना विभागबाटै गायब भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मणिकरत्न शाक्यका अनुसार विभागले २०६९ सालदेखि अनुगमन र परीक्षण गर्ने भन्दै गहनाको नमुना संकलन गरेको थियो ।

संकलन गरिएको नमुना भने व्यवसायीले फिर्ता पाएका छैनन् ।

अनुगमन टाेलीले एउटै पसलबाट डेढदेखि २ ताेलासम्म सुनका गहना संकलन गरेका थिए ।

यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata